जनता कोरोनासंग लड्दै, गण्डकी प्रदेशका सांसद र पीएहरुका लागि ४१ लाख दसैं भत्ता बाँडिदै

२०७७, ३ कार्तिक सोमबार १०:५६

पोखरा, ३ कात्तिक । गण्डकी प्रदेश सरकारले प्रदेशका सांसद तथा उनीहरुका पिएहरुलाई दसैं भत्ता स्वरुपको ४१ लाख रुपैया बाँडेकोे छ । कोरोनाको महामारी बढीरहेको र सरकारले जनतालाई जहाँ छौ त्यहि दशैं मनाऔं भन्दै आग्रह गरिरहेको बेला गण्डकी प्रदेश सांसदले भत्ता बापतको रकम बुझ्न लागिरहेका हुन ।

फाइल फोटो

सभामुख अधिकारीले बुझे ६१ हजार ४ सय ८० रुपैयाँ दर्सै भत्ता

प्रदेशका सांसद तथा उनीहरुका पीएलाई दसैं भत्ता भनेर तह अनुसारको भत्ता राखिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । प्रदेश सभा सचिवालयका अनुसार प्रति सांसद ५२ हजार रुपैया , सचेतकलाई ५४ हजार दुइ सय रुपैयाँ , प्रमुख सचेतक तथा संसदीय समितिका सभापतिहरुलाई ५६ हजार ८ सय ४० रुपैया खातामा राखिदिएको छ । त्यस्तै उपसभामुख तथा बिपक्षी दलको नेतालाई ५८ हजार रुपैयाको दरले चाडपर्व खर्च हालिदिएको छ । यता सभामुख नेत्रनाथ अधिकारीले ६१ हजार ४ सय ८० रुपैयाँ बुझेका छन ।

अधिकांश सांसदका पीए आफन्त नै , कसैका श्रीमति , कसैका छोराछोरी

सभामुख , उपसभामुख तथा सांसदहरुलाई गरी कुल २७ लाख चार सय ८० रुपैया चाडबाड शिर्षकमा खर्च भएको र बाँकी रकम उनीहरुका पीएको लागि खर्च हुने जनाइएको छ । त्यस्तै गण्डकी प्रदेशका प्राय सांसदले पीए आफन्त, छोराछोरी , श्रीमति ,भतिजा राखेका छन । उनीहरुले पनि दसैं भत्ता बुझ्ने भएका छन ।

आफन्तहरु स्वकीय सचिव तथा पीए राख्नेहरुमा सभामुख नेत्रनाथ अधिकारीले श्रीमतिलाई स्वकीय सचिव राखेका छन । तनहुँकी सांसद आशा कोइरालाले आफ्नी छोरी अस्मीता खनाललाई , धनञ्जय दवाडीले श्रीमति सर्वदा पौडेललाई, डोबाटे बिश्वकर्माले छोरा होमबहादुरलाई स्वकिय सचिवमा नियुक्त गरेका छन ।

त्यस्तै मित्रकुमारी गुरुङ्ग सुवेदीले छोरी भावना सुवेदी , लक्ष्मी सुनारले छोरा सुक्रिव , बिष्णुप्रसाद लामिछानेले भतिजा गोविन्दराज लामीछानेलाई , हरिशरण आचार्यले भाई रविन आचार्यलाई , दीपक थापाले छोरा सागरलाई राखेका छन ।

त्यस्तै चन्द्रबहादुर बुढाले छोरी एलिसालाई दिलमाया रोकामगरले श्रीमान कर्णबहादुर गौतमलाई तथा मोहनप्रसाद रेग्मीले भतिज सञ्जीवलाई पीएमा नियुक्त गरेका छन । पीए तथा सचिवमा नियुक्ति पाएकाहरुलाई चाडबाड खर्च वापत १३ लाख ९९ हजार रुपैया भुक्तानी भएको छ ।

दसैं भत्ताका कारण गण्डकी प्रदेश सरकारको चर्को आलोचना

यसरी प्रदेश सभा सचिवालयले लाखौ रुपैया बिनियोजन गरेर दसैं मनाउने तरखरमा सांसद तथा उनीहरुका पीएहरु तयारी गरिरहेका छन । यता सामान्य नागरिकलाई भने दशैं भन्दा कोरोनाको चिन्ताले सताएको छ । महिनौसम्म ब्यापार ब्यवसाय ठप्प भएको कारण तथा अफिस तथा कारखाना बन्द भएको कारण सामान्य नागरिकले दसैंको खर्च जोहो गर्न हम्मेहम्मे हुने भएको भन्दै चिन्ता गरिरहेका छन ।

सरकारले दसैं भत्ता वापतको रकम मन्त्री सांसद तथा पीएलाई दिएको र कोरोनाको चिन्ता छोडेर दसैंको तयारीमा लागेको भन्दै सरकारको चर्को आलोचना भैरहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु