रिब्दिकोट ख्याका फरक क्षमता भएका व्यक्तिहरूलाई ह्वाइल चियर तथा छडी वितरण

२०७७, २ कार्तिक आईतवार १२:३७

पाल्पा- जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा ह्विल चियर तथा छडी वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।

कार्यक्रममा प्रमुख अतिथी रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले अपा‌ंगता भएका व्यक्तिहरुलाइ समाजमा जीवन निर्वाहमा सहज हाेस भनेर ह्यवील चियर वितरण गरिएकाे बताउनुभयाे ।

उहाँले अपांग भएका ब्याक्ति हरुलाइ पालिकाले हरेक कार्यक्रममा सहभागिताको अबसर प्रदान गर्ने , विभिन्न तालिम तथा गोष्ठीहरु सन्चालन गर्ने तथा सिपमुलक कार्यक्रम समेत सन्चालन गर्ने योजना समेत बनाइरहेको बताउनुभयो ।

वडामा रहेका अपांगता भएका व्यक्तिहरुलाइ ६ वटा ह्विल चेयर, २ वडा सेताे छडी र १ वडा बैशाखी वितरणा गरिएकाे थियाे । कार्यक्रममा समाजसेवी, जन्प्रतिनिधी कार्यलयका कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रम लुम्विनी प्रदेश मुकाम बुटवलकाे अार्थिक सहयाेग र रिब्दीकोट गाउँपालिकाकाे समन्वयमा संचालन भएकाे थियाे । कार्यक्रम वडा समितिका अध्यक्ष विष्णु प्रसाद गैरेको अध्यक्षता उक्त कार्यक्रम रहेको थियो।

Comments

ताजा खबर