नेपाल र चीनले एकैपटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने ।

२०७७, २ कार्तिक आईतवार ०१:४०

 

फाईल फोटो

काठमाडौं ।  नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग गरी सगरमाथाको उचाइ मापन पूरा गरेका छन् ।

दुवै देशले एकै पटक आ–आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने तयारी भएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । नेपालसँगको समन्वय र सहमतिमा चीन सरकारले छुट्टै सगरमाथाको उचाइ मापन गरेको मन्त्रालयले जनाएको हो । नेपालले सगरमाथा मापनको काम अन्तिम चरणमा पुर्याएको बेला चीनले पनि उत्तरी मोहडाबाट मापन शुरु गरेको थियो ।

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपाल र चीन दुवै देशले एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने तयारी भएको बताएँदै यसका लागि चीन सरकारसँग पत्राचार भइरहेको बताइन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु