दाेभानकाे राजारानी र त्रिवेणी सामुदायिक वनकाे साधारणसभा सम्पन्न ।

२०७७, १ कार्तिक शनिबार २२:१६

सन्ताेष गहतराज, पाल्पा । पाल्पा – तिनाउ-२, हरियाली गाउँमा अवस्थित राजारानी सामुदायिक वनकाे १७ औँ वार्षिक साधारणसभा र त्रिवेणी सामुदायिक वनकाे १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

शनिबार भएकाे कार्यक्रममा छविलाल केसीकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तब्य ब्यक्त गर्दै तिनाउका प्रवक्ता तथा वडा अध्यक्ष राजेश श्रेष्ठले वन सबैको साझा सम्पत्ति भएकोले यसकाे संरक्षणमा लाग्नुपर्ने बताउनुभयाे ।याे समुहले काेराेनाकाे कारण राज्यले लकडाउनकाे घाेषणा गरेकाे समयमा यहाँका नागरिकहरूका लागि राहत वितरण गरेर ठूलाे गुन लगाएकाे बताउदै वन जाेगाएकै कारण यसबाट गरेकाे आम्दानी रकमलाई दिगा] विकासमा खर्च गर्नु सुझाव दिनुभयाे ।साे कार्यक्रममा विशिष्ट अतिथि सामुदायिक वन समन्वय समितिका सदस्य खगेन्द्र केसीले सामुदायिक वन याे क्षेत्रकाे विकासकाे मेरुदण्ड भएको बताउनुभयो । कार्यक्रममा बल बहादुर सारु, माेहन बि क, माया थापा, माल्मति थापा र कृष्ण खड्काले शुभकामना मन्तक्य राख्नुभएकाे थियाे ।सभामा राजारानी सावले २१ लाख ६६ हजार ८४५ बरावरकाे आर्थिक काराेबार र त्रिवेणी सावउसले १० लाख ९१ हजार ४७८ बराबरको काराेबार भएको जानकारी गराएकाे थियाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु