डाक्टरलाई नै कोराना संक्रमण भएपछि पाल्पा अस्पताल बन्द ।

२०७७, १ कार्तिक शनिबार १२:२९

पाल्पा ।  डाक्टरलाई नै कोरोना  संक्रमण भएपछि पाल्पा अस्पताल बन्द भएको छ ।

दुई डाक्टरसहित अस्पतालमा रहेका एक जना सुरक्षाकर्मी र अन्य एक जनामा कोरोना संक्रमण भएपछि अस्पताल बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेले बताए। उनका अनुसार आकस्मिक सेवा भने बन्द हुने छैन। अन्य सबै प्रकारका सेवा भने बन्द रहनेछन्। ​

सेवाग्राहीमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बन्द गर्नु परेको उनले बताए।अर्को सूचना प्रकाशित नहुँदासम्म सेवा बन्द रहने अस्पतालले जानकारी दिएको छ। अस्पतालमा कार्यरत सबै कर्मचारीको समेत कन्टयाक्ट ट्रेसिङ गर्ने तयारी भइरहेको पाण्डेले बताए।केही दिनअघि नौ जनाको स्वाब परीक्षणका लागि पठाएकोमा चार जना संक्रमित रहेको पुष्टि भएको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु