प्रदेश–२ मा सङ्क्रमणमुक्त हुने १२ हजार नाघे

२०७७, १ कार्तिक शनिबार ०१:२८

प्रदेश मा कोभिड१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार६२० मध्ये सङ्क्रमण मुक्त हुने १२ हजार २७२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो

फोटो फाईल

प्रदेशका आठवटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६२० मा सङ्क्रमण पुष्टि भएको यिमध्ये १२ हजार २७२ निको भएरनियमित काममा फर्केका निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिनु भएको हो यो प्रदेशमा कोभिड१९महामारीले १५९ जनाको ज्यान गएको   सङ्क्रमण पुष्टि भएर अहिले आइसोलेसनमा रहेका एकहजार ६८९ मध्ये धेरैजसोकोस्वास्थ्य सुधारोन्मुख रहेको निर्देशनालयले जनाएको

गतचैतको अन्त्यतिर प्रदेशको पर्सा जिल्लामा  आएका तीन भारतीयमा कोभिड१९ पुष्टि भएसँगै क्रमशः यताका महिनामा सङ्क्रमणबढ्दै गएको हो चैतदेखि भर्खरै बितेको असोजसम्मको सङ्क्रमण अवस्था हेर्दा सबैभन्दा बढी भदौ महिनामा सङ्क्रमण उच्च देखिएकोनिर्देशनालयले जनाएको भदौमा मात्रै पाँचहजारभन्दा माथि सङ्क्रमण पुष्टि भएको थियो भदौमा सङ्क्रमणले मर्नेको सङ्ख्या पनिसबैभन्दा बढी ६६ भएको निमित्त निर्देशक झा बताउनुहुन्छ

महामारीले वैशाखमा ९२, जेठमा एकहजार ९१९, असारमा एकहजार ८९७ साउनमा तीनहजार ५४ जनामा सङ्क्रमण पुष्टि भएकोअभिलेख त्यसैगरी असोजमा दुईहजार माथि सङ्क्रमण पुष्टि भएका ४८ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कअभिलेखले देखाएको

Comments

ताजा खबर