सेती नदी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

२०७७, २९ आश्विन बिहीबार १७:०२

कास्कीको माछापुच्छ्रे गाँउपालिका निर्माण हुने २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाका लागि आज वित्तीय सम्झौताभएको

आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी  ऊर्जा विकास कम्पनी  ऋण लकगानीकर्ता बैंक तथा वित्तीय संस्थाका तर्फबाट बहुपक्षीयवित्तीय सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो आयोजनामा एनएमबी बैंकले रु दुई अर्ब २० करोड, कर्मचारी सञ्चय कोषलेरु ८० करोड कृषि विकास  बैंकले रु ५० करोड गरी कूल रु तीन अर्ब ५० करोड लगानी गर्ने भएका छन्

आयोजनाको कूल लागत मध्ये ७० प्रतिशतले हुन आउने रकम बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको भने बाँकी ३० प्रतिशत (रु एकअर्ब ५० करोड) रकम प्रवद्र्धकका तर्फबाट लगानी गरिनेछ आयोजनाको कूल लागत रु पाँच अर्ब

आयोजनामा नेपालका मुख्य शहरका प्रतिष्ठित व्यापारिक घरानाका अलावा माछापुच्छ« गाँउपलिकाका स्थानीयबासीले समेतशेयरधनीका रुपमा लगानी गर्ने छन्   भौतिक निर्माणको काम शुरु भइसकेको सो आयोजनाको मुख्य निर्माण कार्य आगामी दुई वर्षभित्रसम्पन्न गर्ने लक्ष्य राखिएको भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरलेले जानकारी दिनुभयो उत्पादितबिजुली नेपाल विद्युत् प्राधिकरणको लाहाचोक सव स्टेशनमा जोडिनेछ

Comments

ताजा खबर