सिस्ने जिल्लाकै पहिलो पूर्ण खोपयुक्त

२०७७, २९ आश्विन बिहीबार १६:५७

रुकुमपूर्वको सिस्ने गाउँपालिकालाई आज पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि सो घोषणा गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सदस्य कमला रोकाले पूर्ण खोप सुनिश्चित घोषणा गर्दै गाउँपालिका अन्तर्गतको स्वास्थ्य संस्था र जिल्ला स्वास्थ्य कार्यालयको सक्रियताले सरकारको लक्ष्यलाई सघाउँदै पूर्ण खोप सुनिश्चित भएकाका सम्बद्ध पक्षलाई धन्यवाद दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् उहाँले पछिल्लो समय अभिभावकमा पनि नियमीत खोपका लागि आफ्ना बालबालिकालाई स्वास्थ्य संस्थामै पुर्याउनुपर्छ भन्ने चेतनाको विकास हुदै गएको बताउनुभयो । गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेन्द्रप्रसाद यादवका अनुसार गाउँपालिकाका जन्मेदेखि १५ महिनासम्मका पाँच सय २१ जना र १६ देखि २३ महिना सम्मका दुई सय ९२ जना बालबालिकालाई पूर्णखोप प्रदान गरिएपछि पूर्ण खोप घोषणा गर्ने आधार तय भएको जनाउनुभयो । गाउँपालिकामा पाँच स्वास्थ्य चौकी ६ सामुदायिक स्वास्थ्य इकाइ गरी ११ वटा स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित खोप लगाउने गरिएको छ ।

Comments

ताजा खबर