अल निप्पोन एयरवोइजले पायो ३ अर्ब ८० करोड डलर कर्जा

२०७७, २९ आश्विन बिहीबार १३:११

टोकियो । जापानको सबैभन्दा ठूलो विमान सेवा प्रदायक कम्पनी एएनए होल्डिङ्स इंकले ३ अर्ब ८० करोड डलर कर्जा पाएको छ । कोभिड–१९ को महामारीका कारण हवाई यात्रामा कमी आएसँगै बाँच्नका लागि कम्पनी संघर्ष गरिरहेको छ ।संघर्षकै क्रममा कम्पनीले सबओर्डिनेटेड कर्जा अन्तर्गत यो कर्जाको रकम पाएको हो l

यस्तोमा कम्पनीले सबओर्डिनेटेड कर्जा अन्तर्गत सो रकम पाएको यस मामिलाबारे जानकार तीन स्रोतको भनाई उद्धृत गर्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको हो ।

यो मध्ये १ खर्ब ३० अर्ब येन सुमितोमो मिचुई फाइनान्सियल इंकबाट पाएको हो । अर्को १ खर्ब ३० अर्ब येन भने सरकारी बैंक डेभलपमेन्ट बैंक अफ जापान (डीबीजे)बाट आएको हो । बाँकी रकम भने मिजुहो फाइनान्सियल ग्रुप, मिचुबिशी यूएफजे फाइनान्सियल ग्रुप र सुमितोमो मिचुई ट्रष्ट बैंकबाट आएको बताइएको छ ।

महामारी शुरु भएयता जापानमा सहमति जनाइएको यो पहिलो ठूलो आकारको सबओर्डिनेटेड कर्जा प्याकेज हो ।

सरकारले पयर्टन क्षेत्रलाई टेवा दिन ल्याएको गो टू ट्राभल अभियानका कारण पछिल्ला केही दिनमा एनएएको हवाई उडानको माग बढेको भएपनि बूकिङ अझै पनि गत वर्षको स्तरभन्दा कम छ ।

यस्तोमा विमानहरु या त ग्राउन्डेड छन् या थोरै मात्रै यात्रीहरु राखेर चलाइएको छ । आफूलाई बचाइराख्न एएनएले हवाई सेवा प्रदायकहरुले नगद प्रवाह गरिरहेका छन् । जुन ३० सम्मको तीन महीनामा एएनएको सञ्चालन घाटा १ खर्ब ५९ अर्ब येन (१ अर्ब ५१ करोड डलर) थियो ।

 

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु