अर्थमन्त्री पौडेलको पहिलो निर्णय : विश्व बैंकबाट २० करोड डलर ऋण लिने

२०७७, २९ आश्विन बिहीबार ०९:२७

काठमाडौँ, २९ असोज नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार अर्थमन्त्रीमा नियुक्त पौडेलले बिहीबार शपथ लिएसँगै विश्व बैंकबाट २० करोड अमेरिकी डलर ऋण लिने निर्णय समेत गरेका छन्।

फाइल फोटो

त्यस्तै, उनले मन्त्रालयका सबै महाशाखा प्रमुखसँग छलफल गरेर सुझाव लिएका छन्। यसअघि पौडेललगायत नवनियुक्त तीन मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिएका थिए।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ छन्। उनीहरु प्रधानमन्त्रीको सिफारिशमा बुधबार मन्त्रीमा नियुक्त भएका हुन्। सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मन्त्रिगणलगायतको उपस्थिति थियो।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु