नवनियुक्त महिलामन्त्रीले भनेः वृद्धभत्ता ५ हजार पुर्‍याउँछौं

२०७७, २९ आश्विन बिहीबार ०९:१४

काठमाडौँ, २९ असोज  नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले वृद्धभत्ता ५ हजार पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फाइल फोटो

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले यही सरकारको पालामा वृद्धभत्ता बढाउने दाबी गरेका हुन् । मन्त्री श्रेष्ठले आफूलाई महत्वपूर्ण जिम्मेवारी दिने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिएका छन् ।त्यस्तै उनले सरकारलाई सफल बनाउन आफूले स्क्दो प्रयास गर्ने बताए । मन्त्री श्रेष्ठले महिलाहरुका समस्या समाधान गर्न कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु