माथागढीले ८२ घरपरिवारलाई निशुल्क स्वास्थ्य बिमा गरिदियो ।

२०७७, २८ आश्विन बुधबार १३:५६

पाल्पा , असोज २८ ।  पाल्पा माथागढी गाउँपालिकाले सामाजिक स्वास्थ्य बीमाबाट बन्चित रहेका ८२ घरपरिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले आर्थिक अभावमा स्वास्थ्य बीमा गर्न नसकेका वडा नं. ७ रहबासका विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएको हो ।

गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले गाउँपालिका भित्र रहेका आठ वटै वडाका बिपन्न परिवारलाई गाँउपालिकाले निशुल्क बीमा गरिदिएको बताउनुभयो । गाउँपालिकाका विपन्न घरपरिवारलाई पनि स्वास्थ्य सेवाको पहुँचमा ल्याउन यो कार्यक्रम अघि सारेको उहाँको भनाई छ । यसअघि सरकारले गरिव र आर्थिक अवस्था कमजोर भएकाहरुलाई स्वाथ्य सेवाको पहुँचमा पुर्याउन ल्याउन स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन लाग्ने शुल्क तिर्न नसक्नेहरुका लागि यो कार्यक्रम निकै प्रभावकरी भएको छ । स्वास्थ्य बीमा गरिव र आर्थिक अवस्था कमजोर भएकाहरुलाई केन्द्रित गरिए पनि तर सुरुमा बुझाउनु पर्ने ३५ सय रुपैयाँ पनि तिर्न नसक्नेलाई समस्यै थियो । सामान्य रोग लागि हाल्यो भनेपनि ऋण खोजेर सदरमुकाम धाउनु पर्ने समस्याले सताउने गरेको यहाँका स्थानीयलाई अहिले सहज भएको छ । गाउँपालिकाले निशुल्क स्वास्थ्य बीमा गरिदिएपछि सामान्य गाडी भाडाको जोहो गरेर मात्र पनि उपचारका लागि सदरमुकाम जान सकिने स्थानीय खेम बहादुर वि.क ले बताउनु भयो । गाउँपालिकाको यस्तो कार्यक्रमले हामीलाई निकै सहज भएको छ उहाँले भन्नुभयो रोग लागि हाल्यो भने गाउँ–गाउँमा ऋण खोजेर हिड्नु पर्ने समस्या अन्त्य भएको अहिले पैसाको पनि बचत भएको छ । ५ जना सम्मको परिवारले ३५०० रुपैयाँको बीमा गरेपछि १ लाख सम्मको उपचार सेवा निशुल्क पाउँछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु