आजदेखि खाली सिलिण्डरको मूल्य लागू

२०७७, २८ आश्विन बुधबार ११:४१

नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको

दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य रु दुई हजार एक सय आजबाटलागू भएको

यसअघि सङ्घले ग्यास बिक्रेताले फरक÷फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती प्रदेशभित्रसञ्चालनमा रहेका २९ उद्योगका सिलिण्डरको मूल्य तोकेको थियो तर आजबाट लागू हुने गरी दुर्गमका क्षेत्र बाहेकका जिल्लाका लागिखाली सिलिण्डरको मूल्य लागू गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभयो

उहाँका अनुसार उद्योगले खरिद गरेको मूल्यभन्दा कम मूल्यमा बिक्री गरिए तापनि ग्यासका डिलर अनुसार मूल्य फरक÷फरक रहेपछिमूल्य तोकिएको हो नयाँ सिलिन्डरको उपभोक्ता धरौटी रसिद नभएका सिलिण्डरको दायित्व ग्यास उद्योगले नलिने सङ्घले जनाएको

सङ्घले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर)मार्फत लिनसमेत अुनरोध गरेको रसिद नलिएका सिलिण्डरको जवाफदेही तथा दायित्व उद्योगले नलिने समेत जनाएको

सङ्घले तोकेको नयाँ मूल्य अुनसार रु एक सय बिक्रेताका लागि छुट्याइएको जनाएको सङ्घले आफ्नो कम्पनीबाहेक अरुकम्पनीको खाली सिलिण्डर साट्नु गैरकानूनी भएको भन्दै साटेको थाहा भएमा कारवाही गर्ने जनाएको

उद्योग तथा बिक्रेता अुनसार खाली सिलिण्डरको मूल्य रु तीन हजार ५०० सम्म लिने गरिएकोमा आजबाट सबै उद्योगका सिलिण्डरकोमूल्य रु दुई हजार एक सय लागू भएको

Comments

ताजा खबर