पहाडीको योगदानप्रति नेपाली कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत छः नेपाल

२०७७, २८ आश्विन बुधबार ११:०८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य सानु पहाडीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पहाडीको निष्ठा र योगदानप्रति नेपालको कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत भएको पूर्वप्रधानमन्त्री नेपालले प्रेस विज्ञप्तिमा जनाउनुभएको छ । सांसद पहाडीले नेपाली समाजको रुपान्तरण र नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो । लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । उहाँ २०७४ सालमा भएको निर्वाचनमा समानुपातिकतर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट सङ्घीय संसद्को प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

Comments

ताजा खबर