माथागढीकाे भुटुकेमा टेलिकमको टावरमा सोलार जडान ।

२०७७, २८ आश्विन बुधबार ०१:२३

पाल्पा ।  पाल्पा जिल्लाकाे माथागढी गाउॅपालिका वडा नं. ६ भुटुकेमा रहेको नेपाल टेलिकमको टावरमा सोलार जडान गरिएको छ । माथागढी गाउॅपालिका वडा नं. ६ भुटुकेमा रहेको नेपाल टेलिकमको टावरमा पछिल्लो समयमा नियमित रुपमा विधुत आपूर्ति हुन नसक्दा माथागढी गाउॅपालिका भित्रका विभिन्न ठाँउहरूमा नेपाल टेलिकमको टावर बन्द रहेको थियो ।

सोलार जडान भएसँगै सुचना संचारबाट टाढा रहनु पर्ने समस्या हटेको छ । यहाँका स्थानीयलाई सदावाहार सूचना तथा संचारको पहुँचमा राख्न यसले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताउनुभयो ।स्थानीय लघु जलविद्युतको बाध भत्काउॅदा विधुत आपूर्तिमा समस्या भईरहेको स्थानीयले छन । टावर अवरुद्व हुँदा त्यस क्षेत्रका नमस्ते मोवाईल प्रयोगकर्ताहरु सञ्चार सेवा बाट बञ्चित भएका थिए ।भुटुकेमा रहेको नेपाल टेलिकमको टावरमा विद्युत आपूर्ति नहुॅदा त्यस आसपासको गाउॅहरूमा टावर केहि समय यता बन्द रहेको थियो ।नेपाल टेलिकमले उक्त टावरमा सोलार जडान गरेको पछि विभिन्न ठाउँहरूमा मोवाईल टावरहरु सञ्चालनमा आएको थापाले जानकारी दिनुभयो ।नेपाल टेलिकमका प्रमुख ढाकाराम पौडेलले टावरमा सोलार जडानसँगै बारम्बार टावर अवरुद्ध हुने समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु