अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द

२०७७, २७ आश्विन मंगलवार ०४:५७

एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेकसबै सेवा बन्द गरिएको

अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि आकस्मिकबाहेकका सबै सेवा अर्को सूचनानआएसम्मका लागि बन्द गरिएको जनाएको

अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख अस्पतालका अन्य केही कर्मचारीमा समेतकोरोना सङ्क्रमणको लक्षण देखिएकाले पिसीआर रिपोर्ट नआएसम्म अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सेवा अर्को सूचनानआएसम्म बन्द रहने अस्पतालका प्रमुख सुनिलप्रसाद कुशवाहाले जानकारी दिनुभयो

करणीको प्रयासको आरोपमा एक पक्राउ

नाबालिकालाई जबर्जस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको पक्राउ पर्नेमा सिरहाको विष्णुपुरगाउँपालिका लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको

स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगँैचामा लगेर यादवले जबर्जस्ती करणी गर्न खोज्दा निज बालिकाले धकेली भागेकोप्रहरीले जनाएको पीडित नाबालिकाका परिवारजनले दिएकोे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएकोप्रहरी टोलीले यादवलाई पक्राउ गरेको सिरहा प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारले जानकारी दिनुभयो घटनाबारे थप अनुसन्धानभइरहेको प्रहरीले जनाएको

Comments

ताजा खबर