चाडपर्व नजिकिए सँग तानसेन बजार अनुगमन ।

२०७७, २७ आश्विन मंगलवार ०३:०३

सन्ताेष गहतराज  ,पाल्पा , असोज २७ । चाडपर्व नजिकिए सँगै  घरेलु तथा साना उघाेग कार्यालय पाल्पाकाे संयाेजनमा जिल्ला प्रशासन कार्यालयमा भएकाे अन्तरक्रिया पश्चात जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालय,करदाता सेवा कार्यालय, तानसेन नगरपालिका,उधाेग वाणिज्य संघ,पत्रकार लगायतकाे सहभागितामा पाल्पा जिल्लाकाे तानसेन नगरपालिकामा बजार अनुगमन  गरेकाे छ ।

अनुगमनका क्रममा म्याद गुज्रिएका हल्का पेय पदार्थ, मिठाईहरू, खुर्सानीकाे धुलाे, चाउमिन सस,विभिन्न कस्मेटिक सामानहरू लगायतका सामाग्रीहरू जफत गरी सहायक प्रमुख जिल्ला अधिकारीकाे उपस्थितीमा नष्ट गरिएकाे थियाे । अनुगमनस्थलमा प्रमुख जिल्ला अधिकारी रमेश न्याैपाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सन्ताेष कुमार भट्टराई  र सशस्त्र प्रहरी प्रमुखहरू,पत्रकार समेत टाेलिले अनुगमन गरेकाे । अनुगमन क्रममा म्याद नगेका खाध पदार्थ,पेय पदार्थहरू समेत नष्ट गरिएको थियाे । जिल्ला प्रशासन कार्यालय पाल्पाले समय समयमा बजार अनुगमन गर्दै अाएकाे छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु