बलेवा सेवा समाज जापानले पहिराे बाट मृतक तथा बिस्थापित एबम टुहुरा भए का बालबालिकाहरू लाई आर्थिक सहयोग ।

२०७७, २६ आश्विन सोमबार १३:५५

जापान ।  बलेवा समाज सेवा जापानले जैमिनि नगरपालिका वार्ड न १ टुनिबाेट र ५ बिनामारे मा भएको बाढी पहिराे बाट मृतक तथा बिस्थापित एबम टुहुरा भए का बालबालिकाहरू लाई नेपाली ३४०००० रुपैयाँ सहयोग बितरण गरेकोछ ।

सहगोग बितरण कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल , संविधान सभाका सभासद प्रकाश शर्मा पौडेल तथा प्रतिनिधि  सभाका माननीय सदस्य डा.सुर्य पाठक , रेडक्रस उपशाखाका ऋषिराम शर्माको उपस्थितिमा नगद राहत बितरण सम्पन्न भएको बलेवा सेवा समाज जापानका सल्लाहाकार रामु चापागाई ले जानकारी दिनु भयो ।  

समाजका अध्यक्ष राज पौडेलले छोटो अवधिमा संस्थाले सञ्चालन गरेको यो अभियानमा सहभागिहुने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष पौडेलले आगामी दिनमा पनि यसैगरी सबैको साथ सहयोग रहिरहोस् भन्नु भयो ।  

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु