सिद्धार्थ राजमार्ग आज देखी दैनिक बर्तुङदेखि चिडियाखोलासम्म राजमार्ग दैनिक तीन घण्टा बन्द हुने ।

२०७७, २६ आश्विन सोमबार ०२:५१
फाईल फोटो

पाल्पा , असोज २६ ।  सिद्धार्थ राजमार्ग सोमबारदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ। राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्ड असोज २९ सम्म बन्द हुने भएको हो।

बर्तुङदेखि चिडियाखोलासम्म राजमार्ग बन्द हुने छ। राजमार्गको विभिन्न ठाउँमा गएको पहिरो पन्छाउन सडक बन्द गरेर काम गर्नु परेको सडक डिभिजन पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताए। केही साता पहिले अविरल वर्षासँगै झरेको पहिरोले राजमार्गको दर्जनौं ठाउँमा पहिरो गएको छ। अहिले पनि यस ठाउँमा एकतर्फी सञ्चालनमा छ।

सडक पूर्णरूपमा सञ्चालनका लागि मर्मत गर्न थालिएको अधिकारीले बताए। दशैं र तिहार आइसकेकाले तत्काल सडक मर्मत गर्न लागिएको अधिकारीले बताए। सिद्धार्थ राजमार्गका कतिपय ठाउँमा घुम्ती काटेर फराकिलो बनाउने काम समेत भइरहेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु