चाडपर्व नजिकिँदै गर्दा ट्राफिक प्रहरी कार्यालय पाल्पाद्वारा यात्रु सहायता कक्ष सञ्चालन ।

२०७७, २५ आश्विन आईतवार २२:१८

सन्ताेष गहतराज , पाल्पा ।  हिन्दु नेपालीहरूकाे महान चाड नजिकिदै छ । जस्ले गर्दा सवारीसाधनहरूमा पनि यात्रुहरू ठगिने,लुटिने जस्ता घटना पनि हुने गरेको पाइन्छ  ।  यहि चाडपर्वकाे समयमा यात्रुहरूकाे सुविधालाई मध्ये नजर गरि जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।

बिशेष गरि दशैँ, तिहार र छठ जस्ता पर्वहरूमा यात्रुको चाप अत्याधिक बढ्ने र त्यस्तो अवस्थालाई व्यवस्थित गर्न र यात्रुलाई ठगिनबाट बचाउन यात्रु सहायता कक्ष स्थापना गरिएकाे हाे ।नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएका छन् कि छैनन्,यात्रामा हुने समस्याहरू भाडादर बढि लिने,सामान चाेरि हुने,सामान चाेरि हुने,सामान छुट्ने,अनावश्यक चिजहरू खुवाएर सामान लुट्ने यस्ता समस्याहरूलाई मध्ये नजर गरि यात्रुहरू यस्ता समस्याबाट सुरक्षित हुन भन्ने उद्धेश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक पृथ्वीनारायण काफ्ले गाेर्खाली भ्वाइससँगकाे कुराकानीमा बताउनु भयाे । साथै यात्रु सहायता कक्षमा विद्यमान कोरोना महामारीलाई ध्यानमा राख्दै उक्त महामारीबाट बच्न सचेतना अपनाउने सावधानीको बारेमा जानकारी गराइने  पनि प्रहरी नायक उपरीक्षक काफ्ले बताउनु भयाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु