कर्मचारी तथा स्वास्थ्य कर्मीलाई काेराेना देखिए पछि रामपुर नगरपालिका र निस्दी गाउँपालिका सिल ।

२०७७, २४ आश्विन शनिबार ०४:०९

पाल्पा । पछिल्लो समयमा पाल्पा जिल्लाकाे दस वटै स्थानीय तहहरूकाे समुदाय स्तर काेराेना फैलिरहेकाे बेला जिल्ला रामपुर  नगरपालिका र निस्दी गाउँपालिका स्वास्थ कर्मी तथा कर्मचारीहरूलाई काेराेना पाेजेटिभ भए सँगै थप अझ समुदाय स्तरमा काेराेना नफैलियाेस भनी शिल गरिएको छ ।

रामपुर नगरपालिकाले शनिबार राती १२ बजे देखि ३० गते बेलुकी सम्म र निस्दी गाउँपालिकाले कार्तिक १ गते राती सम्म शिल गरेको जनाएको छ । शुक्रबारमात्रै नगरभित्रका २४ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि नगरपालिकाले शिल गर्ने निर्णय गरेको हो । 

रामपुरमा समुदाय स्तरका ४९ र सक्रिय संक्रमितको संख्या ४४ पुगेको छ । यस्तै निस्दी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत सहित शुक्रबार १० जनामा कोरोना संक्रमणको पुष्टि भएपछि पालिका शिल गर्ने निर्णय भएको हो । निस्दी गाउँपालिकामा एक शय जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कोरोना संक्रमण बाट ४ जनाको ज्यान गएको पाल्पामा ८ सय ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । २२४ जना समुदाय स्तर र ११४ जना सक्रिय संक्रमित पाल्पामा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु