युनेस्काे समाज पाल्पाकाे तदर्थ समिति गठन,अध्यक्षमा वर्षा पाण्डे ।

२०७७, २३ आश्विन शुक्रबार १३:०३

सन्ताेष गहतराज , पाल्पा , असोज २३ ।  युनेस्को समाज पाल्पाकाे तदर्थ समिति गठन भएको छ । जस्काे अध्यक्षमा वर्षा पाण्डे चएन हुनु भएको छ ।


पाल्पाकाे शान्ति,सुरक्षा,शिक्षा  र सस्कृति कायम गर्दै सामाजीक कार्य गर्ने हेतुले गठित उक्त सस्थाकाे उपाध्यक्ष पदमा सुदिप्क्षा पराजुली,सचिव सिर्जना पाण्डे,सह-सचिवमा निश्चल पाैडेल,काेषाध्यक्षमा मिना बस्याल,सदस्यहरूमा मनिसा शर्मा,रेस्ना श्रेष्ठ,राजेश भट्टराई र पुजा पाैडेल गरी ९ सदस्य कार्य समिति गठन भएको हाे । निर्वाचन अध्यक्ष पाण्डे आगामी दिनमा युनेस्को समाज पाल्पाले अबका दिनमा पाल्पाकाे शान्ति,सुरक्षा,शिक्षा र सस्कृतिकाे क्षेत्रमा कटिबद्ध भइ लाग्ने बताउनु भयाे । साथै अध्यक्ष पाण्डे अब पाल्पाका सबै स्थानीय तहहरूमा संगठन विस्तार गरि सबै स्थानीयहरूमा नेतृत्व प्रदान गर्ने  पनि बताउनु भयाे । उक्त तदर्थ  समितिकाे गठन युनेस्को समाज पाल्पाका प्रतिनिधि सुवास गैरेकाे नेतृत्वमा सम्पन्न भएको थियाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु