बैतडीमा जिप दुर्घटना, पाँच घाइते

२०७७, २३ आश्विन शुक्रबार ०६:१७

बैतडी , २३ असोज । जिप दुर्घटना हुँदा बैतडीमा ५ जना घाइते भएका छन्। दुर्घटनामा परी ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

फाईल फोटो

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउतर्फ जाँदै गरेको से१ज ८८८ नम्बरको जिप शुक्रबार बिहान करिब साढे १० बजे  आम्चौरानजिकै दुर्घटनामा परेको हो। 

जिपमा सवार १० जनामध्ये ५ जना समान्य घाइते भएका र उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ। घाइतेको परिचय खुल्न सकेको छैन। घटनास्थलमा प्रहरी पुगेको छ भने घटनाको कारण भने खुल्न सकेको छैन। जिप सडकबाट करिब ३० मिटर तल खसेको बताइएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु