रिब्दिकाेट गाउँपालिकाले पालिका स्तरीय लेख रचना प्रतियाेगिता आयोजना गर्ने ।

२०७७, २० आश्विन मंगलवार १३:३४

सन्ताेष गहतराज , पाल्पा , असोज २० ।  पाल्पा जिल्लाकाे रिब्दिकाेट गाउँपालिकाले “रिब्दिकाेट गाउँपालिका चिनाउने पर्यटकीय गन्तव्यहरू” शिर्षकमा पालिका स्तरीय लेख रचना प्रतियाेगिता आयोजना गर्ने भएको छ ।  

काेराेना भाइरस काेविड १९ ले विश्व नै अातकित भइरहेको बेला विद्यार्थीहरूलाई एकै ठाउमा भेला गर्न सम्भव नरहेकोले अनलाइन मार्फत लेख रचना प्रतियाेगिता सञ्चालन गर्न लागिएको गाउँपालिका प्रशासकृय अधिकृत प्रेम चन्द्र अर्यालले बताउनु भयाे । गाउँपालिका भित्रका महाेत्वपुर्ण धार्मिक तथा पर्यटकिय गन्तव्यहरूकाे पहिचान प्रचार, प्रसार,प्रवर्धन र त्यस्काे अभिलेखिकरण गर्ने अभिप्रायले गाउँपालिका स्तरीय लेख रचना लेखन प्रतियाेगिता राखिएको प्रशासकृय अधिकृत अर्यालले बताउनु भयाे । विद्यार्थीहरूले अाफ्नाे लेख तथा रचना कार्तिक महिनाकाे मसान्तसम्म

info@ribdikotmun.gov.np&pcaryal85@gmail.comमा पठाउन सक्ने छन । प्रतियाेगितामा प्रथमलाई १० हजार,द्वितीयलाई सात हजार,तृतीय ५ हजार र सान्त्वना हुनेले ३ हजार पुस्कार प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।

Comments

ताजा खबर