सीएमसीमा थप एक कोरोना संक्रमितको मृत्यु

२०७७, २० आश्विन मंगलवार ०३:३२

चितवन ,२० असोज । चितवनमा उपचाररत नवलपुरका एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कावासोती नगरपालिका ५ निवासी ७७ वर्षीया महिलाको बिहान ३ः४५ बजे मृत्यु भएको मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।

फाइल फोटो

पिसाब र श्वासप्रश्वासमा समस्या भए पछि ती महिलालाइ असोज १६ गते मेडिकल कलेज भर्ना गरिएको थियो भने असोज १८ गते कोरोना पुष्टि भएको थियो । कोभिड आइसियु कक्षमा उपचारका क्रममा मृत्यु भएको निर्देशक लम्सालले बताए । मृतक महिला मधुमेह र थाइराइडका समेत रोगी थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु