चितवनमा एच नाइन भाइरसको महामारीले मर्न थाले कुखुरा

२०७७, २० आश्विन मंगलवार ०३:२६
चितवन,२०असोजचितवनमा एच नाइन भाइरसको महामारीले कुखुरा मर्न थालेका छन् ।

फाइल फोटो

महामारीले धमाधम कुखुरा मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले पालेका ५ हजार बढी लेयर्स जातका कुखुरा मरेका हुन् । मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ ।

केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच नाइन भाइरस पुष्टि भएको थियो ।  यसपछि मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा दयाराम चापागाँईले जानकारी दिए ।

‘काठमाडौँमा परीक्षण गर्दा एच नाइन देखियो, बर्ड फ्लु नदेखिएकाले मरेका कुखुरालाई व्यवस्थापन मात्रै गरेका छौं, नयाँलाई मारेका छैनौं,’ उनले भने ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु