प्रदेश ५ राजधानी विवाद : काँग्रेसको प्रदेश सभा अवरुद्ध गर्ने तयारी ।

२०७७, १९ आश्विन सोमबार ०७:१९

बुटवल , असोज १९ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  प्रदेश ५ संसदीय दलको बैठकले सरकारले ल्याएको राजधानी र नामसम्बन्धि प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

पार्टीको प्रदेश ५ का इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई सरकारले ल्याएको प्रस्ताव पास गराउनका लागि लाग्न निर्देशन दिएको नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिएका छन् ।

बैठकले दाङको भालुवाङलाई प्रशासनिक राजधानी बनाउने र लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ ।

त्यस्तै नेकपासँग भएको छलफलमा सहमति जुटन नसकेपछि प्रमुख प्रतिपक्षी दल काँग्रेसले संसद बैठक अवरुद्ध गर्ने भएको छ ।

केहीबेरअघि संसद भवन परिसरमै बसेको काँग्रेस संसदीय दलको बैठकले आजको संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको कांग्रेस सचेतक निर्मला क्षेत्रीले जानकारी दिएकी छन् ।

कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केहीदिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन प्रस्ताव गरेको थियो । सो प्रस्तावमा नेकपाले असहमति जनाएपछि संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको बताइएको छ ।

प्रदेश सभा बैठक अबको केहि बेरमा शुरु हुदै छ । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु