बग्नासकाली वडा न ९ का कृषकहरूलाई तरकारीका बीउ वितरणकाे साथै एक दिने तालिम सम्पन्न ।

२०७७, १९ आश्विन सोमबार ०१:५५

सन्ताेष गहतराज , पाल्पा , असोज १९ । पाल्पा जिल्ला बग्नासकाली गाउँपालिका वडा न ९ का कृषकहरूलाई उन्नत जातकाे तरकारीका बीउ वितरणकाे साथै एक दिने प्रशिक्षण तालिम पनि सम्पन्न भएकाे छ ।

वडाबाट बिनियाेजित १ लाख रूपैया बजेटबाट उक्त कार्यक्रम सम्पन्न भएको कृषि प्राविधिक निशा मरासिनी बताउनु भयाे । मरासिनीका अनुसार वडा भित्रका १९ वटा कृषि समूह हरुलाई    उन्नत जातकाे काउली,  बन्दा, प्याज,खुर्सानी,किटनासक अाैषधी,छाप लगाएतका बिरुवा साथै एक दिने तालिम पनि सञ्चालन गरिएको बताउनु भयाे । कार्यक्रमकाे प्रमुख अतिथि वडा न ९ का वडा सदस्य पिताम्बर गाहाले अहिले बग्नासकाली गाउँपालिकाले कृषिमा केन्द्रीत गरेर कार्यक्रम ल्याएकाे बताउदै कृषकहरूलाई धेरै भन्दा धेरै उत्पादन लिन पनि अार्गह गर्नु भयाे । साथै उत्कृष्ट कृषकलाई १० हजार पुरस्कार दिने पनि निर्णय भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु