डा केसीको पक्षमा चिकित्सकहरुको धर्ना

२०७७, १८ आश्विन आईतवार ०९:३४

काठमाडौँ, असोज १८  अनसनरत डा गोविन्द केसीको समर्थनमा टिचिङ अस्पतालका आवासीय चिकित्सकहरुले धर्ना दिएका छन्।

फाइल फोटो

आइतबार अस्पताल परिसरमा चिकित्सकहरुले धर्ना दिँदै डा केसीको माग पूरा गर्न सरकारलाई दबाब दिएका हुन्। चिकित्सकहरुले ‘डा केसीको माग पूरा गर’, ‘जनता माग्छ अस्पताल, सरकार दिन्छ भ्युटावर’, ‘कर्णाली विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ तत्काल सुरु गर’, ‘दूरदराजमा मेडिकल शिक्षा खै’, ‘हिजोको सम्झौता कता गयो?’, ‘लुटतन्त्र बन्द गर’, ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा केसीको साथमा’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

डा केसीले १९औं अनसन सुरु गरेको आइतबार २१ दिन पुगेको छ। उनले गत भदौ २९ गते जुम्लाबाट अनसन सुरु गरेका थिए।डा केसीको स्वास्थ्य अवस्था झन् जटिल हुन थालेको छ। उनका सहयोगी डा तोसिमा कार्कीका अनुसार उननाई छाती दुख्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको छ।

कार्कीका अनुसार डा केसीलाई अक्सिजन चाहिने भएको छ र अक्सिजन सपोर्टमा राखिएको छ। डा केसीले अन्य अत्यावश्यक तत्व र औषधिहरु भने लिन मानेका छैनन्। सरकारले वार्ता प्रक्रिया अघि बढाएको छैन। गत बिहीबार सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अनसन फिर्ता लिन आग्रह गरेका थिए। तर डा केसीले भने अस्वीकार गरेका थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु