प्रधानमन्त्रीले गरे सबै भेटघाट बन्द, बालुवाटारमा नयाँ सुरक्षा टीम जाने

२०७७, १८ आश्विन आईतवार ००:४६

काठमाडौँ, असोज १८ प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जना र सचिवालयका चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सबै भेटघाट बन्द गरिएको छ ।

फाइल फोटो
शुक्रबार गरिएको स्वाब संकलनमा उनीहरुमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीले सबै भेटघाट बन्द गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।प्रधानमन्त्रीका प्रमुख राजीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी लगायतमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बालुवाटारमा कार्यरत नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका तीन गरि कुल ७४ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो । सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि बालुवाटारमा नयाँ टीम खटाउन लागेको सुरक्षा निकायहरुले जानकारी दिएका छन् ।

त्यस्तै बालुवाटारमा कार्यरत अझै ४५ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ।अन्नपूर्णबाट

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु