गगन थापासहित कांग्रेसका चार केन्द्रीय सदस्यलाई कोरोना

२०७७, १८ आश्विन आईतवार ००:३४

काठमाडौँ, असोज १८ १९ असोजमा बस्ने कांग्रेस केन्द्रीय समिति बैठकका १५ असोजमा पदाधिकारी, केन्द्रीय सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी दुई सय ७० जनाको कोरोना परीक्षण गरिएको थियो ।

फाइल फोटो

पूर्वस्वास्थ्यमन्त्री गगन थापासहित कांग्रेसका चारजना केन्द्रीय सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरूसँगै कर्मचारी र सुरक्षाकर्मीलगायतमा कोरोना संक्रमण पुष्टि भएको हो ।

१९ असोजमा बस्ने कांग्रेस केन्द्रीय समिति बैठकका १५ असोजमा पदाधिकारी, केन्द्रीय सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी दुई सय ७० जनाको कोरोना परीक्षण गरिएको थियो । शनिबार आएको रिपोर्टमा केन्द्रीय सदस्य थापा, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई कोरोना देखिएको हो । १५ जना केन्द्रीय सदस्यको पुनः परीक्षण गरिने भएको छ भने केहीको रिपोर्ट आउन बाँकी छ ।

कोरोना संक्रमण पुष्टि भएपछि थापा र केसीले होम आइसोलेसनमा बसिरहेको जनाएका छन् । उनीहरू सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

 

Comments

ताजा खबर