यादब केशी को रहरमा गायक चेतन गायिका मुना को स्वरमा रहेको “भमरा झै “ बजारमा सार्वजनिक ।

२०७७, १७ आश्विन शनिबार १५:४५

जापान ।सामाजिक सेवामा रुची राख्ने प्रबसमा रहेर पनि सामाजिक सस्था हरुमा रहेर सामाजिक कार्यमा साथै ब्याबसायिक यात्रा लाई पनि अगाडि बढाउदै गरेका यादब केशीले निर्माण गरेको यस गीत लाई गायक तथा मोडल रमेश बाबु थापाले निर्देशन गरेकाछन् , शिव उखेलीको शब्द रहेको “भमरा झै “ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।

गायिका मुना मगर र गायक चेतन घर्ती मगरको स्वर रहेको “भमरा झै “ गीतमा संगीत सुर्य खड्काको रहेको छ । भमरा झै गीत निर्माण गरेका यादब केशिले कोरोना महामारीका बेला पनि म्युजिक भिडियो राम्रो बनेको अनी सबै टिमको सहयोग र साथको लागि धन्यवाद बेक्त गरेकाछन् ।  

रमेश बाबु थापा र अर्चना काउछा मगरको म्युजिक भिडियोमा अभिनय रहेको छ । सुजन शाहीको सम्पादन रहेको म्युजिक भिडियोको छायाँकन करन सिंह चैसरले गरेका हुन् । गायक चेतन घर्ती मगरको  युट्युब च्यानलबाट सार्वजनिक भएको गीत दर्शकहरुले निकै रुचाइरहेका छन्।

भिडियो हेर्न यहाँ जानुहोस् 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु