तानसेन १० का कृषकहरूलाई बाख्रा वितरण ।

२०७७, १७ आश्विन शनिबार १४:५४

सन्ताेष गहतराज , पाल्पा, असोज १७ ।  पाल्पाको तानसेन नगरपालिका वडा न १० तेल्घाले कृषकहरूलाई बाख्रा उपहार कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

तानसेन नगरपालिका पाल्पा हेफर प्राेजेक्ट नेपाल रेडा पाल्पा सहयाेग तथा तेल्घा उपभोक्ता समितिकाे अायाेजनाका दुई मुलकाका कृषकहरू ७७ वटा उन्नत जातका बाख्रा वितरण गरिएको वडा अध्यक्ष लाेचन प्रसाद तिमील्सेनाले बताउनु भयाे । भाेकालाई एकछाक भाेजन हाेइन जिउने जुक्ति सिकाअाै भन्ने नाराका साथ कृषि तथा पशु उधमशिलता विकास परियाेजनामा बाख्रा उपहार कार्यक्रम गरिएको वडा अध्यक्ष तिमिल्सिनाले बताउनु भयाे । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका मेयर अशाेक शाहिले तानसेन नगरपालिकाले कृषि  तथा पशुपालन गर्ने कृषकहरूलाई मध्ये नजर हुने गरि विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनु भयाे ।

साेहि अनुसार तानसेन १० बाख्रा पालनकाे लागि उपयुक्त ठाउँ रहेकोले यश वडालाई बाख्रा पालनकाे पकेट क्षेत्रकाे रूपमा विकास गर्ने याेजना रहेको बताउदै कृषकहरूलाई वितरित बाख्राहरूकाे धेरै भन्दा धेरै प्रतिफल लिन पनि अार्गह गर्नु भयाे । यसरी वडा कार्यालयले उन्नत जातकाे बाख्रा वितरण गरे पछि नागरिकहरू खुशी भएका छन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु