राजधानी दाङ सार्ने प्रस्तावविरुद्ध रुपन्देहीमा मसाल जुलुस

२०७७, १७ आश्विन शनिबार १३:०६

बुटवल ,१६ असोज प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले शनिबार साँझ बुटवलमा राँके (मसाल) जुलुस निकालेको छ ।

फाइल फोटो

रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव अविलम्ब फिर्ता गर्न माग गर्दै जुलुस जुलुस निकालिएको हो । सहभागीले ‘अन्तर्घाती नेकपा मुर्दावाद’, ‘राजधानी रुपन्देही कायम गर’, ‘बुहसंख्यक नागरिकको मनोभावना ख्याल गर’, ‘राजधानी सार्ने औचित्य प्रस्ट पार’ लगायतका नारा लगाएका थिए । राँके जुलुस बुटवलको राजमार्ग चौराहबाट सुरु भइ मिलनचोक पुगेर समापन भएको थियो ।

कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँडले राजधानी रुपन्देहीबाट अन्यन्त्र लैजाने प्रस्ताव गरेर नेकपा सरकारले जनविरोधी काम गरेको टिप्पणी गरे । उनले कुनै हालतमा रुपन्देही बाहिर राजधानी हुन नदिन जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु