‘मोटी घाटी माया’मा पुष्प खडका र सुमि माेक्तानकाे धमाकेदार डान्स

२०७७, १६ आश्विन शुक्रबार १६:२०

लकडाउन भएसंगै कुनै नेपाली फिल्म प्रदर्शन भएकाे छैन । तर कलाकारहरु म्युजिक भिडियाे तथा अन्य रियालिटि शाेबाट कमाइ भने गरिरहेका छन ।

यस्तै मध्येका एक नायक पुष्प खडका म्युजिक भिडियाेमा निकै ब्यस्त रहेकाे छन । साथै एक्सनस्टारका रुपमा परिचित नायिका सुमि माेक्तान पनि म्युजिक भिडियाे तथा डान्सिङ रियालिटि शाे मा ब्यस्त रहेकी छिन । यी दुबैले पहिलाेपटक संगै अभिनय गरेको एक म्युजिक भिडियाे सार्वजनिक भएकाे छ ।

“माेटिघाटि माया”” बाेलकाे उक्त गीतमा मेलिना राई र काेशिश क्षेत्रिकाे स्वर रहेकाे छ । सार्वजनिक भएको भिडियाेकाे शुरुमा सुमिकाे एक्सनलाइ आकर्षका रुपमा देखाइएकाे छ । भिडियाेमा दुईकाे दमदार प्रस्तुती रहेकाे छ ।

गीतमा काेशिस क्षेत्रीकाे कम्पाेज, लेखु सहयात्रिकाे शब्द र उदयराज पाैडेलकाे एरेन्ज रहेकाे छ । त्यस्तै भिडियाेमा उत्तम हुमागाइको सिनेमाटाेग्राफी, रमेश थापाको सम्पादन, सुरेन्द्र बस्यालको काेरियाेग्राफी र हरि हुमागाइकाे निर्देशन रहेकाे छ ।

पछिल्लाे पटक पुष्प फिल्म मारुनिमा देखिएका थिए भने सुमि फिल्म सराैताेमा देखा परेकी थिईन ।

यी दुबै फिल्मले औसत रुपमा व्यापार गरेका थिए । सराैताेमा सुमिकाे एक्सन र मारुनिमा पुष्पकाे अभिनय तारिफ योग्य रहेको थियाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु