प्रदेश ५ काे राजधानी दाङमा राख्ने प्रस्ताव माथि नेपाली काङ्ग्रेस पाल्पाका सचिव अजय मान कर्मचार्यकाे घाेर आपती ।

२०७७, १६ आश्विन शुक्रबार १२:१४

सन्ताेष गहतराज , पाल्पा असोज १६ ।  प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरे सँग अहिले प्रदेश न ५ का विभिन्न ठाउहरूमा विराेधका कार्यक्रमहरू भइरहेको बेला नेपाली काङ्ग्रेस पाल्पाका सचिव अजय मान कर्मचार्यले पनि घाेर आपती जनाउनु भएको छ । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएपछि प्रदेश-५ सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङलाई प्रदेश सरकारकाे राजधानी बनाउने निर्णय गरे सँगै कर्मचार्यले निर्णयलाई तुरुन्तै फिर्ता ल्याई रूपन्देहीमा नै प्रदेशकाे राजधानी राख्नु पर्ने भन्दै दाङमा राजधानी राख्ने निर्णय प्रती घाेर अापति जनाउनु भएको हाे । चुनावकाे बेलामा प्रदेश ५ काे राजधानी बुटवलमा राख्ने सहमति गरे पनि अहिले जनतालाई झुडाे अासवासन दिएर दाङमा गराउने निर्णय तुरुन्त फिर्ता लिन पनि अार्गह गर्नु भएको छ । लामाे समय देखि प्रदेशकाे राजधानी कहाँ राख्ने भन्ने कुराकाे टुंगो लागेकाे थिएन । अहिले प्रदेशकाे राजधानी दाङमा राख्ने निर्णय भए सँगै प्रदेश ५ का विभिन्न ठाउहरूमा विराेधका कार्यक्रमहरू सञ्चालन भइरहेका छन ।

Comments

ताजा खबर