हालसम्मकै धेरै कोरोना संक्रमित, निकाे भए ३ हजार ३०७

२०७७, १६ आश्विन शुक्रबार १०:४५

काठमाडौं, असोज १६ । शुक्रबार देशभर २ हजार ७२२ जना कोरोनाका संक्रमित थपिएका छन्। एकै दिनमा थपिने याे हालसम्मकै धेरै संख्या हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु