थप १ हजार ९११ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या नाघ्यो ५ सय

२०७७, १५ आश्विन बिहीबार ११:११

बिहीबार देशभर थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

फाइल फोटो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७९ हजार ७२८ पुगेको छ। त्यस्तै यस अवधिमा ९६१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु