वीरगंजमा बेलुका ६ बजेसम्म पसल सञ्चालन गर्न पाइने, सरकारी कार्यालयहरु आलोपालो सञ्चालन गर्ने निर्णय

२०७७, १५ आश्विन बिहीबार ०८:२१

वीरगंज, १५ असोज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज सूचना जारी गर्दै वीरगंज महानगरभित्रका पसलहरु बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने जनाएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाड्ढो अध्यक्षतामा बुधवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न निर्णय गरेको छ ।

फाइल फोटो

वीरगंजमा बेलुका ६ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी पसल सञ्चालन गर्न पाइने, तरकारी तथा फलपूल बिहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने, सडकपेटी र फुटपाथमा पसल सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।

त्यस्तै बैठकले भीडभाड व्यवस्थापन गर्न सार्वजनिक कार्यालयबाट आलोपालो सेवा प्रवाह गर्ने व्यवस्था गरेको छ । आइतवार, सोमवार वीरगंज महानगरपालिकामा, मङ्गलवार, बुधवार पोखरिया, पर्सागढी, बहुदरमाई नगरपालिका, बिहीवार र शुक्रवार जिल्लास्थित सबै गाउँपालिकाका सरकारी कार्यालयमा सेवा प्रवाह गर्ने व्यवस्था गरिएको छ ।

यातायात व्यवस्था कार्यालयमा अत्यन्त भीड भइरहेको हुनाले जोर –बिजोर नम्बरका सवारीसाधनहरुलाई सेवा प्रवाह गराउन निर्णय गरेको छ ।  त्यस्तै दशैं, तिहार, छठमा पूजाआजा गर्दा सार्वजनिक स्थानमा भीड नगर्न, आआफ्नो घरमा पूजाआजा गर्न अनुरोध गरेको प्रजिअ तामाङले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु