प्रदेश-५ मा हात धुने अभियान

२०७७, १५ आश्विन बिहीबार ०६:२७
बुटवल, १५ असोज प्रदेश ५ को सरकारले कोरोना भाईरस (कोभिड–१९) संक्रमणको रोकथाम र नियन्त्रणका लागि १ महिने हात धुने अभियान संचालन गरेको छ ।

फाइल फोटो

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सावुन पानीले मिचिमिची २० सेकेन्डसम्म हात धुनु एक महत्वपुर्ण उपाय भएकोले प्रदेश सरकारले असोज १३ गतेदेखि एक महिनासम्म नियमित हात धुने अभियान संचालन गर्ने घोषणा गरेको हो ।

अभियान शुरु भएपछि सावुन पानीले नियमित रुपमा हात धुने बानीमा बृद्धि भएको र हाल प्रदेशमा ९० प्रतिशतले नियमित रुपले हात धुने गरेको भौतिक पुर्वाधार बिकास मन्त्रालयले जनाएको छ । अभियानले प्रदेशमा शतप्रतिशत मानिसमा नियमित सावुन पानीले हात धुने बानी बसाल्ने अपेक्षा गरिएको प्रदेश सरकारका प्रबक्ता एवं भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले बताए ।

कोरोना संक्रमण आफुलाई लाग्न र अरुलाई सर्नवाट जोगाउन प्रभावकारी स्वास्थ्य सुरक्षाको एक प्रमुख माध्यम सावुन पानीले नियमित हात धुनु नै भएकोले यसलाई सवैले ध्यान दिन र व्यवहारमा लागु गर्न मन्त्री चौधरीले आह्वान गरेका छन् ।

प्रदेशका ७ हजार मानिसमा गरिएको फोन सर्वे अनुसार कोरोनाको महामारीपछि नियमित रुपमा हात धुनेको संख्या बढेको युनिसेफले जनाएको छ ।प्रदेश सरकारले गत वर्ष प्रदेशमा खानेपानी आयोजनाका लागि ३ अर्ब ८५ करोड रुपैया विनियोजन गरी काम गरेको मन्त्रालयका ईन्जिनियर ध्रुवकुमार धितालले बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु