लायन्स क्लबकाे अन्तरास्ट्रिय प्रथम जोन एडभाइजरि बैठक सम्पन्न ।

२०७७, १५ आश्विन बिहीबार ०२:२१

पाल्पा ,असोज १५, सन्ताेष गहतराज ।  लायन्स क्लबकाे प्र थम जाेन एडभाइजरिकाे बैठक तानसेनमा सम्पन्न भएको छ ।

बैठककाे अबसरमा प्रमुख अतिथि डिस्तृक्त चिफ सुशील प्रधान, डिस्ट्रक डेपुटीको अर्डिनेटर राजेन्द्र लिगल, एड्भाइजर बुद्धि प्रसाद शर्मा लायन्स क्लब अफ पाल्पा बिपनाका अध्यक्ष भिम बहादुर श्रेष्ठ  पाल्पा माडीका अध्यक्ष यम बहादुर चिदि लगायत ले लायन्स क्लब  को विविध बिषय मा चर्चा गर्नु भएको थियो । बैठकमा लायन्स  पाल्पाका अध्यक्ष शारदा नेपाल ,रण उजेस्वरी महिला क्लबका अध्यक्ष सौन्दर्य वति शाक्य, पाल्पा बिपनाका अध्यक्ष भिम बहादुर  श्रेष्ठ  ,पाल्पा माडीका अध्यक्ष यम बहादुर चिदिले आफ्नो क्लब को चौमासिक प्रतिबेदन पेस गरेका थिए ।अब अर्को जोन बैठक पाल्पा बिपनाले गर्ने निर्णय भएको छ । बैठक जोन चियर प्रसन सकुन्तला बज्राचार्यको अध्यक्षता र पाल्पा लायन्स क्लब का सचीव समिर मान सिंहको सन्चालनमा सम्पन्न भएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु