डोल्पाका विद्यालय खुले

२०७७, २४ कार्तिक सोमबार १३:०५

डोल्पा। गत चैत्रदेखि बन्द भएका यहाँका विद्यालय खुलेका छन् कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका विद्यालय आठमहिनापछि खुलेका हुन्

त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय खुलाएका छन् त्रिपुरासुन्दरीनगरपालिकाले कात्तिक १२ गतेदेखि खोल्ने गरी नगरपालिकाभित्र पर्ने ३२ वटै विद्यालयमा निर्देशन दिएको थियो लामो समयदेखिविद्यार्थीको पठनपाठन ठप्प भएको बताउँदै नगर क्षेत्रका सम्पुर्ण विद्यालय खोल्न लिखित पत्राचार गरेको नगरपालिकाले जनाएको

नगरको निर्देशनअनुसार दुई सातादेखि विद्यालय खुलाइएको वडा नं मा पर्ने त्रिपुरा माध्यमिक विद्यालयका प्रधानाध्यापक रमानन्दउपाध्यायले बताउनुभयो सातआठ महिनासम्म क्वारेन्टिन चलाइएको यस विद्यालय सामान्य सरसफाई गरेर सञ्चालनमा ल्याइएकोउहाँको भनाइ अर्को ठुलीभेरी नगरपालिकाले भने अझै विद्यालय खुलाएको छैन्

प्रशासनले खुलेका विद्यालयलाई बन्द ताकेता गर्न थालेपछि ठुलीभेरीका कुनै पनि विद्यालय नखुलाइएको नगरपालिकाले जनाएको तल्लो डोल्पामा पर्ने जगदुल्ला मुड्केचुला गाउँपालिकामा पनि विद्यालय खुलेका छन्

प्रशासनद्धारा विद्यालय बन्द गर्न निर्देशन

यहाँका स्थानीय तहले सरकारको निर्देशनविपरित विद्यालय खुलाएका छन्

कोरोना कहरमा देशैभरका विद्यालय खुलाउन सरकारको निर्देशन नभए पनि स्थानीय तहले आफु खुशी विद्यालय चलाएको प्रशासनकोभनाइ

जिल्ला प्रशासन कार्यालयले विद्यालयमा हुने जमघटका कारण कोरोना सङ्क्रमण फैलनसक्ने भन्दै जिल्लाका स्थानीय तहलाईविद्यालय नखोल्न पटकपटक मौखिक निर्देशन दिएको निर्देशनलाई बेवास्ता गर्दै जिल्लाका त्रिपुरासुन्दरी, ठुलिभेरी नगरपालिका, जगदुल्ला मुड्केचुला गाउँपालिकाले विद्यालय खुलाएको प्रशासनले जनाएको

Comments

ताजा खबर