काठमाडौं । पर्साका मुकेश चौरसिया हत्या प्रकरणमा पूर्वसभासद् राजकुमार गुप्तालगायत आरोपितहरु भारततर्फ फरार भएका छन् ।पक्राउ पर्ने डरले उनीहरु भारतमा लुकेका हुन् । एक उच्च प्रहरी अधिकारीका अनुसार धेरैजसो आरोपित भारतमा लुकेपछि पक्राउ गर्नअसहज भएको छ ।
नेकपा पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिवसमेत रहेका चौरसियाको हत्या नेकपाको आन्तरिक विवादकाकारण भएको प्रहरीले निष्कर्ष निकालेको छ । कात्तिक ६ गते गाउँपालिका कमिटीका पदाधिकारीको शपथग्रहण कार्यक्रम थियो । सोहीकार्यक्रममा पूर्वसांसद एवं नेकपाका केन्द्रीय सदस्य राजकुमार गुप्ता पक्षले आफ्नो गुटलाई नबोलाएको भन्दै कार्यक्रम बिथोल्न खोजेकोर सोही समूहले मुकेश चौरसियामाथि आक्रमण गरेको भन्दै आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका थिए । तर सुरुमा प्रहरीले जाहेरीलिन अस्वीकार गरेको थियो । त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयको निर्देशनपछि पूर्वसभासद् गुप्तासहित १२ जनाविरुद्धजाहेरी दर्ता भएको थियो ।
जाहेरीमा गुप्तासहित धीरज चौहान, जोखु राउत कुर्मी, वकिल मियाँ, सञ्जय चौहान, हनिफ मियाँ देवान, लक्ष्मण चौरसिया, अकलेसचौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, देवा सहनी मलाह र जनार्दन चौहानको नाम उल्लेख छ । देवा सहनी मलाह र हनिफ मियासहिततीनजना भने पक्राउ परिसकेका छन् ।
प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले फरार अभियुक्तको खोजी जारी रहेको बताए । उनले भने, “प्रहरीले फरारभएकाहरुको खोजी गरिरहेको छ । पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ । सुक्ष्म अनुसन्धानमाजुटेका छौं ।”
नेकपाका नेतासमेत पूर्वसभासद् राजकुमार गुप्तालाई बचाउन सरकारकै प्रतिनिधि लागेको आरोप लाग्दै आएको छ । तर प्रहरीलेसुरुवाती दिनमा भने प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा गुप्ताको संलग्नता अस्वीकार गर्दै आएको थियो । पीडित पक्षले भनेगुप्ताकै निर्देशनमा आक्रमण भएको र आक्रमणमा मुकेशको ज्यान गएको दाबी गर्दै आएका थिए ।