५० प्रतिशत अनुदानमा कसेनीका कृषकलाई बंगुर वितरणमा

२०७७, १४ आश्विन बुधबार १४:२२

सन्ताेष गहतराज,पाल्पा- जिल्लाको माथागढी गाउँपालिका अन्तर्गतको वडा नं.-३, कसेनीमा लक्षित वर्गको मागमा अाधारित एक कार्यक्रमका बीचमा बंगुर वितरण गरेकाे छ।

वडा नम्बर ३ कसेनीकन का २६ जना व्यवसायीक कृषकलाई बंगुर वितरण गरिएको छ। वडा अध्यक्ष दिपक थापाका अनुसार विगतका वर्षहरुमा पनि समुदायको माग अनुसार कहिले बाख्रा त कहिले कुखुरा कहिले बंगुर वितरण गरिएको थियो ।

भाैगाेलिक विकटता र जनजाति समुदायको बाहुल्यता रहेको हुनाले बंगुर पालनले विशेष महत्त्व बाेकेकाे साथै मासु पनि धेरै खपत हुने हुदा , कृषकले बंगुर पालनमा बढी चासाे देखाएका ले कृषककाे लगाव हेरेर बंगुर वितरण गरिएको थापाको भनाइ छ । थापाका अनुसार वडाको तर्फबाट मात्रै दिदा अपनत्त्व घट्ने सम्भावना रहेको ले कृषकको ५०% र वडाको ५०% गरि वितरण गरिएको जानकारी गराउनु भएको छ ।

थापाले गत वर्षहरूमा वितरण गरिएका पशुहरुकाे पनि निरन्तर अनुगमन गरिएको समेत जानकारी गराउनु भएको छ । यसरी वडा कार्यालयले समुदायमा नै अाइ बंगुर वितरण गरे पछि कृषकहरू हर्षित भएका छन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु