पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस भएको पुष्टि ।

२०७७, १३ आश्विन मंगलवार १०:५८

काठमाडौं, असोज १३ ।  पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ४९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् । देशभर २० हजार ३९६ संक्रिय संक्रमित छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु