सवारी चाप बढेपछि जोर–बिजोर प्रणालीमा कडाइ ।

२०७७, १३ आश्विन मंगलवार ०८:२३

काठमाडौं , १३ असोज ।  सडकमा सवारी चाप बढेपछि काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणालीमा कडाइ गरिएको छ। जोर–बिजोर प्रणालीलाई प्रभावकारी बनाउन जाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

उपत्यकाका तीनै जिल्लाकाका प्रमुख जिल्ला अधिकारीहरूले २५ भदौदेखि लागू हुने गरी उपत्यकाभित्र जोर–बिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेका थिए।

नियमानुसार जोर–बिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई ‘होल्ड’मा राख्ने गरिएको छ। दिउँसोसम्म ८०० भन्दा धेरै सवारी साधन ट्राफिक कारबाहीमा परेका छन्। यसमा करीब ७०० मोटरसाइकल र स्कुटर रहेका छन्।

‘होल्ड’ गरिएको सवारीलाई साँझ ८ बजेमात्रै छाड्ने बताइएको छ। संक्रमणको जोखिम बढ्दै गएकाले जोर–बिजोर प्रणाली पूर्णरूपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपनि निषेधाज्ञा खुकुलो भएपछि भीडभाड बढिरहेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु