२४ घण्टामा विश्वमा कती थपिए कोरोना संक्रमित ?

२०७७, १३ आश्विन मंगलवार ०१:३५

एजेन्सी, असोज १३, पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख २६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये सबैभन्दा धेरै भारतमा ६९ हजार ६०० रहेका छन्।

यस्तै, अमेरिकामा ३५ हजार ३००, ब्रजिलमा १६ हजार, अर्जेन्टिनामा ११ हजार ८०० र रसियामा आठ हजारजनामा कोरोना संक्रमण देखिएको छ। कोलम्बियामा पाँच हजार, इराकमा चार हजार १०० तथा फ्रान्समा चार हजार नयाँ संक्रमित थप भएका छन्।

पछिल्लो २४ घण्टामा विश्वभर तीन हजार ७६५ जनाको मृत्यु भएको छ। जसमध्ये भारतमा ७७७, ब्रजिलमा ३८५, अर्जेन्टिनामा ३६४, र अमेरिकामा ३०६, रसियामा १५३ तथा इरानमा १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट हालसम्म विश्वभर मृत्यु हुनेको संख्या १० लाख ६ हजार पुगेको छ। तीन करोड ३५ लाख कुल संक्रमितमध्ये दुई करोड ४८ लाख मानिस उपचारपछि निको भएका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु