कांग्रेसका सभापति देउवाविरूद्ध २७ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

२०७७, १२ आश्विन सोमबार १०:४४

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध रामचन्द्र पौडेल समूहले हस्ताक्षरसहितको विरोध पत्र बुझाएका छन् ।

फाइल फोटो

समूहले सोमबार २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको ९ पेजको विरोध पत्र दर्ता गरेको हो। उक्त पत्रमा पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस् भनिएको छ ।हस्ताक्षर बुझाउनहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, कोषाध्यक्ष सीतादेवी यादव लगायत २७ जना रहेका छन् ।

पौडेल समूहले विभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र केन्द्रले आफूखसी क्रियाशील सदस्यता बाँड्न नहुने लगायतका मुद्दा उठाउँदै आएको छ । तर पार्टी सभापति शेरबहादुर देउवाले सुनुवाई नगरेपछि पौडेल समूहले हस्ताक्षरसहित ज्ञापनपत्र पार्टी कार्यालयमा दर्ता गरेको जनाएको छ ।उनीहरूले असोज १९ गते राखिएको केन्द्रीय समिति बैठकमा आफूहरूका माग न्यायपूर्ण र विधिसम्मत समाधान गर्ने तर्फ सभापतिले गम्भिरता र तदारूकता नदाखाए संघर्षका कार्यक्रम गर्न बाध्य हुने पनि उल्लेख गरेका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु