नेपाल बार एशाेसिएसन पाल्पाकाे अध्यक्षमा कार्की 

२०७७, १२ आश्विन सोमबार १०:२१
 पाल्पा – नेपाल बार एशोसिएसन पाल्पा कानुन व्यवसायीहरूकाे साझा सस्थाले नयाँ नेतृत्व पाएको छ । जस्काे अध्यक्षमा विनोद कार्की निर्वाचित हुनुभएको छ ।
शुक्रबारदेखि नेतृत्व चयन प्रक्रिया अगाडि बढेपनि अध्यक्षमा दुई जनाको दावी भएपछि निर्वाचन प्रक्रिया लम्बिएको थियाे । आइतबार भएको सहमतिअनुसार बारको उपाध्यक्षमा लालकुमारी राना, सचिवमा शान्ति बस्याल, कोषाध्यक्षमा जीतबहादुर लामिछाने, सदस्यमा घनश्याम ढकाल, राजेन्द्रप्रसाद बस्याल निर्वाचित हुनुभएको छ ।यस्तै सदस्यमै रामचन्द्र पौडेल, शंकरप्रसाद शर्मा, शालिकराम घिमिरे, सुरेशप्रसाद गौतम र सूर्यप्रसाद न्यौपाने रहनुभएको छ । निर्वाचन समितिका संयोजक भविश्वर भट्टराईका अनुसार केन्द्रीय पार्सदमा जोगबहादुर विक, हरिप्रसाद बस्याल र गीता शर्मा रहनुभएको छ ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु