अमेरिकामा टिकटक डाउनलाेडमा लागेकाे प्रतिबन्ध अदालतले राेक्याे

२०७७, १२ आश्विन सोमबार ०३:५५

टिकटक एप्लिकेशन डाउनलोडमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्ध तत्कालका लागि अदालतले रोकेको छ।

ट्रम्पले एप्पलको एप स्टोर तथा एन्ड्रोइडको गुगल प्ले स्टोरबाट टिकटक एप्लिकेशन डाउनलोडमा प्रतिबन्ध लगाएका थिए । तर पहिले नै डाउनलोड गरेर प्रयोग गरिरहेका प्रयोगकर्ताले भने टिकटिक चलाउन पाइरहेका छन् ।तर एप्लिकेशन डिलिट गरेमा पुनः डाउनलोड गर्न वा अपडेट गर्न पाएका थिएनन् । कोलम्बिया जिल्लाको अदालतमा प्रतिबन्धविरुद्ध परेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश कार्ल निकोल्सले तत्कालका लागि प्रतिबन्धमा रोक लगाउने फैसला गरेका हुन् ।

टिकटकले राष्ट्रपतिबाट लगाइएको प्रतिबन्धले अमेरिकी संविधानको पहिलो र पाँचौँ संशोधनको उल्लंघन गरेको भन्दै मुद्दा दायर गरेको थियो ।सरकारी वकिलले भने एप्लिकेशनका मालिक चिनियाँ कम्युनिष्ट पार्टीको माउथपिस रहेको भन्दै वकालत गरेका थिए । राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने भन्दै ट्रम्पले टिकटकको डाउनलोडमा प्रतिबन्ध लगाएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु